ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न- तपाईं कन्टेन्ट क्रियटर हो ?

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गणेश नेपालीको घटनामा गृहमन्त्री गुरुङले उपचारमा ध्यान नदिएर क्यामेरा लिएर दौडिएको बताएका हुन् ।

काठमाडौं: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् । 

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गणेश नेपालीको घटनामा गृहमन्त्री गुरुङले उपचारमा ध्यान नदिएर क्यामेरा लिएर दौडिएको बताएका हुन् ।  

 

उनले भने- 'गृहमन्त्री तपाईं गृहमन्त्री हो कि कन्टेन्ट  क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उदेश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो । गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु ।'

 

उनले आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार